ह्याकरको निशानामा बैङ्कका एटीएम : ग्राहकको पैसा सुरक्षित छ ?

काठमाडौं । शनिबार साँझ ५ जना चिनियाँ नागरिक दरबारमार्गबाट नक्कली भीषा कार्डबाट पैसा निकाल्दै गर्दा रंगेहात पक्राउ परे । पक्राउ परेका ५ जनालाई नै प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ परेका ५ जनाबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १०८ युएस डलर, २५० युरो, १ हजार ९० चाइनीज, ८० हङकङ र ५ हजार कम्बोडिया रकम समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षीय लु जियालिङ र २९ वर्षीय लिन जिनमिङ रहेका छन् ।
चिनियाँ नागरिकले नक्कली भीषा कार्डबाट पैसा निकालेको भेटिएपछि यतिबेला ग्राहकहरु चिन्तित बनेका छन् । चिन्तित बन्नुको कारण हो – बैंकमा जम्मा गरिएको पैसा सुरक्षित छ वा असुरक्षित ?
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरुबाट बरामद रकम बैंङकको रहेको खुल्न आएको जानकारी दिए ।
तर, बैङ्कर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सर्वसाधारणलाई आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘बैंक आफैंले व्यहोर्छ । व्यक्तिलाई मारमा पार्दैनौं ।’
२, ४ करोड घाटामा गएपनि बैङ्कहरु मिलेर मिनाह गर्ने ढुङ्गानाले बताए । ‘यस्तो घटना भएपछि आजैदेखि सबै बैङ्कका आइटीहरु झनै सक्रिय भएका छन,’ उनले भने ।
बेला–बेला पनि यस्ता घटनाहरु भइरहने भएपनि यो पटक ठूलो घटना हुनबाट जोगिएको समेत अध्यक्ष ढुङ्गानाले भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
-
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?