नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ चिनियाँ पक्राउ
काठमाडौं । नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चाइनीज नागरिक पक्राउ परेका छन् । उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।
नबिल बैङ्कबाट पैसा निकाल्दै गरेको अवस्थामा सो समूहका सुरुमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बाँकी ४ जनाको पनि संलग्ता देखिएपछि उनीहरु दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ परेका हुन् ।
परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलर समेत बरामद गरेको छ ।
पक्राउ परेका ५ जनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु कमजोर एटीएम प्रणाली रहेका देश पुगेर नक्कली कार्डबाट पैसा निकाल्ने गरेको हुनसक्ने डीएसपी बोगटीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण