ह्याकपछि चलेनन् बैङ्कहरुका अधिकांश एटीएम, राष्ट्रबैङ्कले डाक्यो आकस्मिक बैठक
ठमाडौं । नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिएपछि राष्ट्र बैङ्कले बैङ्कर्सहरुलाई आकस्मिक बैठकमा बोलाएको छ ।
राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीका अनुसार बैठक अबको दुई घण्टापछि बस्दै छ ।
राष्ट्र बैङ्कका अनुसार नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न बैठक डाकेको हो ।
यता, बैङ्कको एटीएमबाट अनाधिकृतरुपमा रकम झिकिएको खबर बाहिररिएपछि अधिकांश बैङ्कहरुको एटीएममा समस्या देखिएको छ ।
परिसरले शनिवार साँझ दरबारमार्ग स्थित एक होटलबाट ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेका थियो ।
पक्राउ परेका उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ नगद र १० हजार युएस डलर समेत बरामद भएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उत्तमराज सुवेदीले राष्ट्र बैङ्कले दिएको जानकारीका अनुसार दुई वटा बैङ्कबाहेक अन्य सबै बैङ्कका एटीएममा समस्या आएको बताए ।
बैङ्कहरुले भने ह्याक प्रकरणले भन्दा पनि गेट वे सर्भरमा समस्या आएपछि एक दिन अर्थात् २४ घण्टाका लागि सम्पूर्ण एटीएम डाउन हुन सक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण