छवि–शिल्पा प्रकरण : विहेमा जन्त जानेदेखि विवाह दर्ता गर्नेसम्मलाई मुद्दा !
काठमाडौँ । बहुविवाहको मुद्दामा अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीहरु दुवैलाई अझै अदालतमा उभ्याएको अवस्था छैन ।
तर, यो मुद्दा भने दिन प्रतिदिन झन्–झन् जटिल बन्दै गइरहेको छ । निर्माता छविकी जेठी श्रीमती हेमाले बहुबिवाहको मुद्दामा शिल्पाको टिका लगाएको दाजु भाउजु विकास र सम्झना रौनियारसहित विवाह दर्ता गर्ने काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध समेत उजुरी हालेकी छन् ।
शिल्पालाई बहिनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान गरेको र विवाह दर्ता गराएको भनेर काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डङ्गोल बिरुद्ध उजुरी दर्ता गराइएको हेमाको मुद्दा हेरिरहेकी यूनाइटेड नेपाल लिगल सर्भिसेजका लिगल अफिसर तुलसा शर्माले जानकारी दिइन् ।
‘बहुविवाहको मुद्दमा विवाहमा जन्तजानेदेखि भोजखानेसम्मलाई कारबाही हुने प्रवधान रहेको छ । उनीहरु जेल गएको धेरै उदाहरण पनि छन् यस अगाडि,’ शर्माले भनिन् ‘सोही अनुसार विकाश र सम्झनाबिरुद्ध पनि मुद्दा हालिएको हो ।’
शिल्पा र छविविरुद्ध पक्राउ पुर्जी जारी
निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी
छविको शिल्पालाई खुल्ला पत्र, ‘ संसारको कुनै अदालत जानु पर्दैन, मेरो अदालत आउनुस् न्याय मिल्नेछ’
छविराज ओझा र शिल्पा पोखरेलबीच कुरा मिल्यो,भयो यस्तो सहमति
अभिनेत्री शिल्पाको आरोप–छबिराज ओझाले कुट्दा कानको जाली फुट्यो, प्रहरीमा पुग्यो उजुरी
काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध भने बहुविवाह दर्ता गरेको बिषयमा उजुरी हालिएको छ । वडा अध्यक्षको विषयमा भने धरानमा विवाह दर्ता हुनु पर्ने विषयमा यहाँ दर्ता गरिएको भनेर उजुरी गरिएको छ ।
शर्माका अनुसार छविले धरानबाट अहिलेसम्म पनि बसाइसराई नगरेकोले विवाह काठमाडौं महानगरपालिका वडा नं. ८ मा दर्ता गर्न मिल्दैन ।
यस विषयमा आफुलाई आधिकारीक पत्र आइनसकेको काठमाडौँ महानगरपालिका वडा नं. ८ अध्यक्ष दिनेश डङ्गालेलले बताए । विवाह दर्ता गर्ने अधिकार आफ्नो नभएर सचिवको भएको अध्यक्ष डंङेलले बताए । छविले ल्याएको सम्बन्ध विच्छेदसम्बन्धि कागजात र वडाभित्र भएको सम्पत्तिको लालपुर्जाको आधारमा बिवाह दर्ता गरिएको उनले खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण