शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पा र छविविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, ०८ साउन २०७६, १७ : ३४
बुधबार, ०८ साउन २०७६

काठमाडौँ–अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध  पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

छविराज ओझाकी पहिलेको श्रीमती हेमा ओझाले उनीहरु विरुद्ध बहुविवाहको मुद्दा दर्ता गराएपछि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाँटका अधिकृत टीकासिंह खत्रीले बताए । जिल्ला अदालत काठमाडौंले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको खत्रीले जानकारी दिए।

शिल्पा र छबिबीच डिभोर्सको हल्लाले बजारमा तताएको समयमा     छविकी जेठी पत्नी हेमाले आइतबार दुबै विरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् । 

बहुबिवाहको मुद्दामा यदि जेठी पत्नीको पक्षमा फैसला भयो भने बहुविवाहको कानुनअनुरूप छवि र शिल्पालाई एकदेखि पाँच वर्षसम्म जेल सजाय र १० देखि ५० हजारसम्म जरिवाना हुन सक्छ । छविकी पहिली पत्नीबाट दुई छोरा राजीव र महेश छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप