शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी

आइतबार, ०५ साउन २०७६, १७ : ४७
आइतबार, ०५ साउन २०७६

काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै  विरुद्ध बहुविवाहको उजुरी परेको छ । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुबैलाई वहुविवाहको उजुरी दिएकी हुन् । हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् । 

‘शिल्पा पोखरेलसँग सम्बन्धको विषयमा पटक–पटक सम्बन्धको हल्ला चल्दा कामको सिलसिलामा मात्र हो भन्ने जवाफको विश्वास गरेको थिए’ हेमाले दिएको जाहेरीमा अगाडि लेखिएको छ ‘अहिले दुबैको २०७५ साल पौष ११ विवाह दर्ता भएको प्रमाणपत्र फेला परेकोले छविको वहुविवाह भएको प्रमाणित भएका र निजको सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै वहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप