निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी
काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै विरुद्ध बहुविवाहको उजुरी परेको छ । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुबैलाई वहुविवाहको उजुरी दिएकी हुन् । हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् ।
‘शिल्पा पोखरेलसँग सम्बन्धको विषयमा पटक–पटक सम्बन्धको हल्ला चल्दा कामको सिलसिलामा मात्र हो भन्ने जवाफको विश्वास गरेको थिए’ हेमाले दिएको जाहेरीमा अगाडि लेखिएको छ ‘अहिले दुबैको २०७५ साल पौष ११ विवाह दर्ता भएको प्रमाणपत्र फेला परेकोले छविको वहुविवाह भएको प्रमाणित भएका र निजको सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै वहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण