आत्महत्या गर्ने ज्वाइँ नै थिए त ती नकाबधारी ?

सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको छ ।
हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । आक्रमणकारीको पञ्जाबाट भागेर ज्यान जोगाउन सफल भएकी किशोरी सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको प्रहरी समक्ष बयान दिइन् ।
सीता बमबहादुर फियाकको नातिनी हुन् । सीता मामाघर आएकी थिइन् । आक्रमणबाट सीता पनि गम्भीर घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको छ । उनको हाल दमकमा उपचार भइरहेको छ ।
राती नै हत्या भए पनि प्रहरीले हत्याबारे बिहान मात्र खबर प्राप्त गरेको थियो । खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको सामान्य अनुसन्धान गरिरहँदा सोही गाउँपालिकामा अर्को खबर आयो – वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटियो ।
प्रहरीको एउटा टोली त्यतैतिर सोझियो । प्रहरीले मिक्लाजुङ गाउँपालिका –७ मा एक युवकको झुण्डिएको अवस्थामा शव देख्यो । प्रहरीले लगत्तै अनुसन्धान थाल्यो ।
प्रहरी अनुसन्धानको क्रममा झुण्डिएर आत्महत्या गर्ने व्यक्तिको पहिचान भयो –मानबहादुर माखिम । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ रहेको खुल्यो ।
सुई मानबहादुरतिर
सामूहिक हत्या कसले गर्यो भनेर प्रहरीले आधिकारिक रुपमा केही खुलाएको छैन । तर, छिमेकी र परिवारका अन्य सदस्यको बयान र घटनामा बाँच्न सफल सीताको बयानले आत्महत्या गरेका मानबहादुरले हत्या गरेको हुनसक्ने आधारहरु देखाएका छन् ।
मानबहादुर र श्रीमती मनकुमारी फियाकबीच विगत केही वर्षदेखि पारिवारिक विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।
सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको थियो ।
यता, सीताले पनि घटनामा एक जना मात्र आक्रमणकारी देखेको बायन दिएको कारण मानबहादुरले पारिवारिक रिसिबीका कारण हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।
चार दिनअघि नुनमा सिसा मिसाइएको थियो
हत्या गरिएका धनबहादुर शेर्माको घरमा केही दिनअघि पनि अर्को घटना पनि घटेको पाइएको छ । मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राईका अनुसार धनराज शेर्माको घरमा ४ दिनअघि मात्र अर्को रहस्यपूर्ण घटना घटेको थियो ।
उपाध्यक्ष राईका अनुसार गाउँमा धनराज शेर्मा सानो पसल सञ्चालन गर्दै आएका थिए ।
केही दिनअघि प्रशिक्षण दिनका लागि साना घरेलु विकास कार्यालयबाट एक टोली गाउँमा आएका थिए । एक स्थानीयका अनुसार मानबहादुर पनि त्यहीँ थिए ।
त्यतिबेला उनीहरुका लागि बनाइएको खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो हालेको पाइएको थियो । जसले गर्दा टोलीका सदस्यहरु नै बिरामी परेका थिए ।
उपाध्यक्ष राईले भनिन्, ‘त्यो खाना खाएर केही मान्छे बिरामी परेका थिए । त्यसको ४ दिनपछि अहिले परिवारैको हत्या भएको छ । घटना रहस्मय छ ।’
खानामा कसले सिसाको धुलो भएको नुन हालेको भन्ने विषयमा अनुसन्धान भइरहँदा ४ दिनपछि यस्तो घटना घट्नुले धेरै प्रश्नहरु उब्जाएको वडाध्यक्ष राईले बताइन् ।
९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला
पाँचथर हत्या प्रकरणः एसपीको कमाण्डमा सीआईबीको टोली घटनास्थलतर्फ
पाँचथर हत्या प्रकरण : चार दिनअघि पनि नुनमा सिसा मिसाएर हत्याको प्रयास भएको थियो
पाँचथरमा ९ जनाको विभत्स हत्या : यस्तो देखियो घटनास्थल
सामूहिक हत्या प्रकरण : आत्महत्या गरेका मानबहादुरको श्रीमतीसँग खटपट !
ज्वाइँ झुण्डिएको स्थान नजिकै भेटियो रगत लतपतिएको खुकुरी
खाना बनाउँदा त्यतिबेला कसले सिसा भएको नुन हाल्यो भन्ने पनि अहिलेसम्म खुलेको छैन ।
स्थानीयका अनुसार साना घरेलु विकास कार्यालयबाट प्रशिक्षण दिन आएको टोलीलाई खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो मानबहादुरले मिसाएको भन्दै ससुरा बमबहादुरले आरोप लगाउँदै आएका थिए ।
बमबहादुरले घरमा जो आएपनि खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो मिसाउने मानबहादुर हो भन्दै प्रहरीमा उजुरी हालेर कारबाही गर्नुपर्ने भन्दै आएको ती स्थानीयले बताए ।
सोमबार साँझ बमबहादुरले घर नजिकै आएका मानबहादुरले सुन्ने गरी सोही कुरा निकाल्दै कानुनी दायरामा ल्याउनुपर्ने बताएका थिए ।
यही कारणले रिसको झोकमा सामूहिक हत्या भएको हुनसक्ने स्थानीयको भनाई छ ।
आत्महत्या गरेको नजिकै भेटियो खुकुरी
यता, मानबहादुर झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहिक हत्यामा माखिमको नै संलग्नता हुन सक्ने थप आधार फेला परेको छ । यस्तै माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
००००
दुई परिवारका नौ जनाको विभत्स हत्या भएसँगै काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल गएको छ । घटनाको अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ गएको हो ।
एसपी उमाप्रसादको टोली १२ बजे हेलिकप्टरमार्फत घटनाको अनुसन्धानको लागि काठमाडौंबाट पाँचथरतर्फ टोली लिएर गएका हुन् ।
यता घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा पनि टोली घटनास्थल पुगेको छ । यस्तै प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली अनुसन्धानको लागि घटनास्थल पुगेको छ ।
प्रहरीले भने वास्तविक हत्यारा को हुन भन्नेबारे अनुसन्धानपछि मात्र पुष्टि गर्न सकिने बताएको छ ।
तर, विभिन्न घटनाक्रम, स्थानीयको भनाई र सीताको बयानले हत्याको सुई मानबहादुरतिर नै तेर्सिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा