पाँचथर हत्या प्रकरण : चार दिनअघि पनि नुनमा सिसा मिसाएर हत्याको प्रयास भएको थियो

पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएको छ ।
अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।
अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
घटना अहिलेसम्म रहस्यमय नै छ ।
पाँचथरमा ९ जनाको विभत्स हत्या : बाँच्न सफल बालिका भन्छिन् – आक्रमणकारी मुकुन्डो लगाएर आएका थिए
हत्या गरिएका धनबहादुर शेर्माको घरमा केही दिनअघि पनि अर्को घटना पनि घटेको पाइएको छ ।
मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राईका अनुसार धनराज शेर्माको घरमा ४ दिनअघि मात्र अर्को रहस्यपूर्ण घटना घटेको थियो ।
राईका अनुसार गाउँमा धनराज शेर्मा सानो पसल सञ्चालन गर्दै आएका थिए ।
केही दिन अघि प्रशिक्षण दिनका लागि साना घरेलु विकास कार्यालयबाट एक टोली गाउँमा आएका थिए । सो क्रममा उनीहरु धनराजको घरमा बसेका थिए ।
उनीहरुका लागि बनाइएको खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो हालेको पाइएको थियो । जसले गर्दा टोलीका सदस्यहरु नै बिरामी परेका थिए ।
उपाध्यक्ष राईले भनिन्, ‘त्यो खाना खाएर केही मान्छे बिरामी परेका थिए । त्यसको ४ दिनपछि अहिले परिवारैको हत्या भएको छ । घटना रहस्मय छ ।’
खानामा कसले सिसाको धुलो भएको नुन हालेको भन्ने विषयमा अनुसन्धान भइरहँदा ४ दिनपछि यस्तो घटना घट्नुले धेरै प्रश्नहरु उब्जाएको वडाध्यक्ष राईले बताइन् ।
खाना बनाउँदा त्यतिबेला कसले सिसा भएको नुन हाल्यो भन्ने पनि अहिलेसम्म कुरा खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा