सामूहिक हत्या प्रकरण : आत्महत्या गरेका मानबहादुरको श्रीमतीसँग खटपट !
काठमाडौं– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्त मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका छ ।
एक स्थानीयका अनुसार रुखमा झुण्डिएर आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् ।
मानबहादुर र श्रीमती मनकुमारी फियाकबीच विगत केही महिनादेखि पारिवारिक विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।
सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको थियो ।
सामूहिक हत्या र मानबहादुरको आत्महत्या घटनाबारे सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपी अनुसन्धान कार्य भइरहेकाले प्रहरी यथार्थ बाहिर ल्याइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण