ज्वाइँ झुण्डिएको स्थान नजिकै भेटियो रगत लतपतिएको खुकुरी
मङ्गलबार, ०७ जेठ २०७६, १६ : ३७
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला पर्यो ।
शव थियो मानबहादुर माखिमको । माखिम हत्या गरिएका मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् ।
माखिम झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहकि हत्यामा माखिमको नै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
यस्तै माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको रातोपाटीलाई जानकारी दिए ।
९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला
पाँचथर हत्या प्रकरणः एसपीको कमाण्डमा सीआईबीको टोली घटनास्थलतर्फ
पाँचथर हत्या प्रकरण : चार दिनअघि पनि नुनमा सिसा मिसाएर हत्याको प्रयास भएको थियो
पाँचथरमा ९ जनाको विभत्स हत्या : यस्तो देखियो घटनास्थल
सामूहिक हत्या प्रकरण : आत्महत्या गरेका मानबहादुरको श्रीमतीसँग खटपट !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण