शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८१ वर्षे कादर खानको क्यानडाको अस्पतालमा मृत्यु

मङ्गलबार, १७ पुस २०७५, ११ : ०८
मङ्गलबार, १७ पुस २०७५

बलिउडका दिग्गज कलाकार कादर खानको मृत्यु भएको छ । उनी ८१ वर्षका थिए । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा बस्दै आएका थिए । यसबारे हिन्दुस्तान टाइम्सले बताएको छ । 

सास फेर्न गाह्रो भएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बाइपेप भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको बोली बन्द हुनुका साथै निमोनियाको लक्षण पनि देखिएको थियो ।

उनी प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी ९पिएसपी० बाट ग्रसित थिए । यो  एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।

८१ वर्षका कादर खान भेन्टिलेटरमा, दिमागले काम गर्न बन्द गर्यो

गत शुक्रबार अमिताभ बच्चनले कादर खानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ट्वीट गरेका थिए ।

अफगानिस्तानको काबुलमा अक्टोबर २२ तारिखमा जन्मिएका कादर खान निकै चर्चित कलाकार हुन् । उनको खुन भरी मांग, विवी हो तो एसी, बोल राधा बोल, मे खिलाडी तु अनारी, दुल्हे राजा र हसिना मान जायजी फिल्म चर्चित रहे । उनी सन् २०१५ मा रिलिज भएको ‘हो गया  दिमागका दही’ मा अन्तिम पटक देखिएका थिए ।

अब यस्ता देखिन्छन् कादर खान, सबैलाई चिन्छन् तर बोल्न सक्दैनन्

आइतबार अबेर राती उनको मृत्युको अफवाह फैलिएको थियो । यसबारे उनका छोरा सरफराजले बुवाको उपचार भइरहेको र जिवित भएको स्पष्टिकरण दिएका थिए । यसका साथै उनले अफवाह नफैलाउन पनि आग्रह गरेका थिए । 

कादर खानका छोरा भन्छन्, ‘बुवाको निधनको खबर झुठो हो’

‘कादर खानको डिप्रेशनका कारण स्वास्थ्य बिग्रियो, स्मरणशक्ति पनि गुम्यो’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप