कादर खानका छोरा भन्छन्, ‘बुवाको निधनको खबर झुठो हो’
एजेन्सी । बलिउड अभिनेता कादर खानको निधनको खबर सामाजिक सञ्जालमा फैलिएको छ । तर, उनका छोरा सर्फराजले भने खानको यतिबेला क्यानाडामा उपचार भइरहेको छ ।
पिटिआईसँग कुरा गर्दै उनले भने, ‘उनको निधनको खबर झुठो । यो हल्ला मात्र हो । बुवा अस्पतालमा हुनुहुन्छ ।’
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सामान्य भेन्टिलेटरबाट बिआईपीएपी भेन्टिलेटरमा सारिएको छ ।
टाइम्स अफ इन्डियाको एक रिपोर्टमा खानलाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी नामक रोग लागेको छ जसले गर्दा उनलाई हिँडडुल गर्न र ब्यालेन्स बनाउन अफ्ठयारो हुन्छ ।
खानको निधनको हल्लाको शिकार बलिउड अभिनेताहरु पनि बनेका छन् । अर्सद वारसीले ट्वीटरमा खानप्रति समवेदन प्रकट गरेका थिए ।
अफगानिस्तानको काबुलमा जन्मिएका खानले सन् १९७३ मा राजेश खन्ना अभिनित दागबाट बलिउडमा डेब्यु गरेका थिए । उनले बलिउडमा ३ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।
अभिनेतामात्र नभएर उनी सफल संवाद तथा स्क्रिनप्ले लेखक पनि थिए । उनले २५० भन्दा बढी चलचित्रमा संवाद लेखेका छन् भने प्रकाश मेहरा र मनमोहन देसाईसँग मिलेर स्क्रिनप्ले पनि तयार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण