अब यस्ता देखिन्छन् कादर खान, सबैलाई चिन्छन् तर बोल्न सक्दैनन्

थुप्रै बलिउड फिल्ममा भिन्न भिन्न भूमिकामा देखिने कादर खान आजकाल क्यानडामा आफ्ना छोरा बुहारीसँग बस्छन् । अब उनी बिना सहारा कतै पनि हिँड्न सक्दैनन् भने बोल्न उनलाई समस्या छ । केही समय अघि उनकी बुहारी शाइस्ता खानले एक अन्तर्वार्तामा उनलाई बोल्न समस्या भएको बताएकी छिन् । उनी बुहारी र छोरा सरफराजको कुरामात्र बुझ्न सक्ने उनले बताए । कादर खानले सबैलाई चिन्ने उनले बताएकी छिन् ।
कादर खान ७९ वर्ष भएका छन् । शाइस्ताका अनुसार उनी आफ्नी दुई छोरी साइमा र हम्जासँग मिलेर उनलाई एक बच्चालाई जसरी हेरबिचार गरिरहेकी छिन् ताकि उनलाई कुनै प्रकारको असुविधा नहोस् ।
यी फिल्ममा गरे कामः
कादर खानले आफ्नो करियरको सुरुवात सन् १९७२ मा रिलिज भएको फिल्म ‘दाग’ बाट गरेका थिए । यसका साथै उनले ‘अदालत (१९७६), परवरिश (१९७७), दो और दो पाँच (१९८०), याराना (१९८१), खूनका कर्ज (१९९१), दिल हि तो हे (१९९२), कुली नं वान (१९९५), तेरा जादू चलगया (२०००), किल दिल (२०१४) लगायतका फिल्ममा काम गरेका छन् । उनी अन्तिम पटक सन् २०१५ मा रिलिज भएको फिल्म ‘हो गया दिमागका दही’ मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ