शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कादर खानको डिप्रेशनका कारण स्वास्थ्य बिग्रियो, स्मरणशक्ति पनि गुम्यो’

मङ्गलबार, १७ पुस २०७५, ०९ : २५
मङ्गलबार, १७ पुस २०७५

कादर खानको खराब स्वास्थ्य स्थितीबारे उनको निकै नजिककी साथी र अन्तिम फिल्म ‘हो गया दिमागका दही’ की निर्माता निर्देशक फौजिया अर्शीले डिप्रेसनका कारण कादर खानको अवस्था यस्तो भएको बताएकी छिन् । उनको स्मरणशक्तिसमेत गुमेको उनले बताइन् ।

फौजिया कादरका छोरा शाहनवाजसँग निरन्तर सम्पर्कमा छन् । कादर खानको उपचार क्यानडामा भइरहेको छ । फौजिया भन्छिन्, ‘उनको स्वास्थ्य उनको मनोदशाका कारण बिग्रिएको हो ।’

दुई वर्षदेखि ओछ्यानमै छन् कादरः

फौजियाले कादर खान विगत दुई वर्षदेखि ओछ्यानमै भएको बताएकी छिन् । उनी भन्छिन्, ‘सुरुमा उनी ह्विल चेयरमा हिँड्न बाध्य भए । उमेर बढेसँगै उनको फिल्मसँगको सामिप्यता घट्यो । उनी यस्ता अभिनेता थिए जो फिल्ममा बाँच्थे । फिल्ममार्फत नै उनको सास चल्थ्यो । फिल्मसँगको दुरी उनले सहन सकेनन् र डिप्रेशनमा पुगे । उनी पछिल्लो दुई वर्षदेखि ओछ्यानमा नै छन् ।’

कादर खानले नयाँ फिल्म बनाउनका लागि विभिन्न स्क्रिप्टसमेत लेखेको उनले बताइन् । यसबारे फौजिया भन्छिन्, ‘उनले मलाई आफ्नो पुरानो फिल्म शर्मा (१९८१) पुनः बनाउन चाहेको बताएका थिए जसलाई उनले निर्माताको रुपमा रहने बताएका थिए । हामीले यसबारे कुराकानीसमेत गरिरहेका थियौं । यसबाहेक पनि उनले विभिन्न स्क्रिप्ट लेखेको बताएका थिए । मैले उनको सबै सपना साकार गर्न मद्दत गर्ने बचन दिएकी थिएँ ।’

तर जब उनी बिरामी भए तब इन्डष्ट्रिका कसैले पनि उनलाई वास्ता नगरेको कुरा उनले पचाउन सकेनन् । उनले मलाई भनेका थिए, ‘कोही पनि मलाई हेर्न समेत पनि आएनन् ।’

राती फैलियो मृत्युको अफवाहः

आइतबार अबेर राती कादर खानको मृत्युको अफवाह फैलिएपछि उनका छोरा सरफराजले उनी अस्पतामा भएको जिउँदै भएको स्पष्टिकरण दिनुपर्यो । उनले भने, ‘उनको उपचार भइरहेको छ । कृपया कसैले पनि अफवाह नफैलाउनुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप