बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देउवालाई ओलीको प्रश्न : ५ पटक प्रधानमन्त्री भएर के गर्नुभयो ?

आइतबार, २७ कात्तिक २०७९, १० : ००
आइतबार, २७ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई स्याल र एमालेलाई सिंहको संज्ञा दिएका छन् । आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागिमात्रै चुनाव नभएको बताए । 

‘मंसिर ४ को निर्वाचन सामान्य अघिपछि हुने निर्वाचनजस्तो होइन । देशको भाग्य भविष्य निर्धारण गर्ने चुनाव हो यो, त्यसैले राजनीतिक रंगमञ्चमा यो चुनावले विशेष अर्थ राख्ने महासंग्रामका रुपमा बुझ्नुपर्छ’, ओलीको भनाइ छ । उनले देश बचाउने, देशको सार्वभौम सत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको भन्दै गठबन्धनले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता छक्कयाउन र अल्मल्याउन लागि परेको बताए । 

उनले देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर पार्ने प्रयास गरिएको तर एमाले कमजोर नहुने दावी गरे । ‘देशी विदेशी प्रतिक्रियावादी शक्ति मिलेर एमालेविरुद्ध मोर्चावन्दी र घेरावन्दी गरिरहेका छन् । सय वटा स्यालले पनि एउटा सिहलाई घेरावन्दी गर्न सक्दैनन्’, ओलीको भनाइ छ ।  उनले निर्वाचनमा गठबन्धनलाई सचेत नेपाली जनताले मुखभरीको नभएर मुखमै नअटाउने जवाफ दिनुपर्ने भन्दै ५ पटक प्रधानमन्त्री भएर देशका लागि एउटा काम के गर्नुभो भनेर प्रश्न गरे । 

‘शेरबहादुरजीलाई म भन्न चाहन्छु– उभिएका ठाउँबाट दायाँबायाँ, अगाडि र पछाडि हेर्नुस्, एमालेले गरेका काम देख्नुहुन्छ’, त्यहाँ पनि नदेखे महिला र स्कुल जाने बालबालिकालाई सोधे एमालेले गरेका काम थाहा पाउने बताए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप