मैले प्रतिगमन गरेको होइन ताजा जनादेशका लागि संसद विघटन गरेको हो : ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि जनताका चाहेको कुरालाई विरोधीले प्रतिगमन गरेको बताएका छन् । आफूले प्रतिगमन भन्दा रोक्न चाहेको बताउँदै उनले सरकारलाई सहज रुपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद विघटन गरेको बताए ।
यद्यपि उनले संसद विघटनलाई जनतामाझ सही नै भएको अर्थ्याएका छन् । आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उल्टै गठबन्धनलाई प्रतिगमनको आरोप लगाए । ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्यो रे ?,’ओलीले भने,‘ माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमतिलाई तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’
त्यसैले ताजा जनादेशका लागि त्यो बाटोमा हिँड्नुपरेको उनको भनाई छ । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने,‘ कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्यो रे ? मैले प्रतिगमन गर्ने काम कहिल्यै गरिन् ।’
उनले त्यतिमात्र भनेनन् प्रचण्डलाई अर्काको देशको हतियार ल्याएर नेपाली जनताको घाँटी रेट्ने काम गरेको बताए । ‘मैले कहिलै प्रतिगमन गर्ने काम गरेन, प्रचण्ड जस्तो बरु प्रतिगमका विरुद्धमा लड्नु छ,’ओलीले भने,‘ देउवाहरु प्रतिगमन जोगाएँ भन्दै हुनुहुन्छ, म भन्छु यति पाउनुभएको छ भने अहिलै ल्याएर बुझाइदिनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण