गठबन्धनले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्यायो : ओली
चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन् । उनले देशको भाग्य, भविष्य फैसला गर्ने चुनाव भएकाले जनतालाई अलमलिन नहुने बताए ।
उनले भने,‘ यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ, गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ।’ ओलीले स्वार्थीहरूको साँटगाँठहरुको सरकार बनाउने कि सुदृढ सरकार बनाउने ? भन्दै प्रश्न गरे ।
‘गठबन्धनले बनाएको घोषणापत्र आ–आफ्नै घोषणापत्र छ । यदि जितेको खण्डमा कसेको घोषणापत्र लागु गरेर सरकार चलाउँछन्,’ओलीले भने,‘ त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’ ओलीले देशमा जति काम भएको छ, त्यो सबै एमालेले गरेको दाबी गरे । गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो । अहिले दिनको १३३ रूपैयाँ दिने पनि एमाले नै हो, उनको भनाई थियो ।
यस्तै ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्नेबारेमा सल्लाह गरिराख्न सुझाव दिए । उनले भने,‘ अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ ।’ उनले प्रचण्डलाई राजनीति बिचौलियाको संज्ञा दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण