चाँगुनारायणस्थित बोजिनी रिसोर्टमा सन्दीपको सवा दुई घण्टा
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगलाई भक्तपुरको चाँगुनारायणस्थित रिसोर्टमा दुई घण्टा राखेको भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित बोजिनी रिसोर्टमा सन्दीप र नाबालिग इन्ट्री भएको लगबुक भेटिएको हो ।
भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।
प्रहरी वृत गौशालाका अनुसन्धान अधिकृतले बोजिनी रिसोर्टमा पुगेर लगबुक र सिसिटिभी चेकजाँच गरेका छन् । होटलको लगबुकमा सन्दीप साँझ ८ बजे इन भएर १० बजेर २२ मिनेटमा बाहिर निस्केको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
त्यहाँबाट निस्केपछि सन्दीपले ति बालिगलाई काठमाडौं ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितले प्रहरी वृत गौशालमा दिएको जाहेरीमा भनिएको छ–‘नगरकोटबाट फर्केर ११ बजेर ५५ मिनेटमा सन्दीपले मलाई काठमाडौं इनमा लगेका हुन्, १२ बजेर २५ मिनेटपछि पटक–पटक बलात्कार गरे ।’
बलात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमती दिएको छ । लामिछाने अहिले क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागी जमैकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
-
सुनको मूल्य सामान्य बढ्यो
-
फिल्म ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्णदेखि सृष्टिसम्मको अभिनय
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

