सन्दीपले क्यानलाई भने– ‘म निर्दोष छु, सीपीएल खेलेर फर्किन्छु’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् ।
‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर । सन्दीपले आफूलाई थाहा छ भने । मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्नता नभएको र निर्दोष भएको बताए,’ मल्लले भने, ‘मैले सन्दीपलाई मुद्दा परिसक्यो तिमीविरुद्ध भन्दा उनले कानुनी उपचारमा क्यानले सहयोग गरिदिन भने ।’
मल्लले सन्दीपलाई कहिले फर्किन्छौं भन्दा उनले सीपीएल खेलेर फर्किने बताएको जानकारी दिए । ‘मैले तिमी फर्किनुपर्छ भन्दा उनले म सीपीएल सकिएर नै फर्किन्छु भने,’ मल्लले भने । मल्लले यस विषयमा आईसीसी र एसियन क्रिकेट काउन्सिलले पनि चासो देखाएको र उनीहरुलाई आफूले जवाफ दिएर पठाएको बताए । ‘आईसीसी र एसीसीले चासो देखाएको थियो । मैले उहाँहरुलाई जवाफ पठाइसकेको छु । बाँकी कुरा अदालतले हेर्ने होला,’ मल्लले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण