सन्दीपले क्यानलाई भने– ‘म निर्दोष छु, सीपीएल खेलेर फर्किन्छु’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् ।
‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर । सन्दीपले आफूलाई थाहा छ भने । मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्नता नभएको र निर्दोष भएको बताए,’ मल्लले भने, ‘मैले सन्दीपलाई मुद्दा परिसक्यो तिमीविरुद्ध भन्दा उनले कानुनी उपचारमा क्यानले सहयोग गरिदिन भने ।’
मल्लले सन्दीपलाई कहिले फर्किन्छौं भन्दा उनले सीपीएल खेलेर फर्किने बताएको जानकारी दिए । ‘मैले तिमी फर्किनुपर्छ भन्दा उनले म सीपीएल सकिएर नै फर्किन्छु भने,’ मल्लले भने । मल्लले यस विषयमा आईसीसी र एसियन क्रिकेट काउन्सिलले पनि चासो देखाएको र उनीहरुलाई आफूले जवाफ दिएर पठाएको बताए । ‘आईसीसी र एसीसीले चासो देखाएको थियो । मैले उहाँहरुलाई जवाफ पठाइसकेको छु । बाँकी कुरा अदालतले हेर्ने होला,’ मल्लले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ