सन्दीपले नाबालिगलाई नगरकोट घुमाएको फुटेज भेटिएन, प्रहरीले उठायो हार्डडिस्क
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि खेल क्षेत्र तरंगित बनेको छ । प्रहरीमा परेको जाहेरीअनुसार सन्दीपले नाबालिगलाई भक्तपुरको नगरकोटामा दिनभर घुमाएर राति काठमाडौंमा ल्याई बलात्कार गरेको आरोप लागेको छ । भदौ ५ मा लामिछानेले आफूलाई नगरकोटमा घुमाएको र काठमाडौंमा ल्याएर पटक पटक बलात्कार गरेको नाबालिगले प्रहरी वृत्त गौशालामा दिएको जाहेरीमा उल्लेख छ ।
यसैबीच गौशालाबाट खटिएको प्रहरी टोलीले नगरकोटमा उनीहरु बसेको रेष्टुरेण्ट/होटलको सिसिटिभी जाँच गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार नाबालिगको सूचनाका आधारमा हेर्दा नगरकोटका होटलको क्लोज सर्किट (सिसी) क्यामरामा उनीहरु घुमेको दृश्य भेटिएको छैन ।
होटल संचालकले ‘सिसिटिभी ले काम गर्दैन’ भनेपछि मेटाएको आशंकामा प्रहरीले हार्डडिस्क संकलन गरेर काठमाडौंमा ल्याएको छ । सो हार्डडिस्क रिकभर गर्न विधि विज्ञान प्रयोगशालामा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । सन्दीपलाई पक्राउ गर्न आजै जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । उनीविरुद्ध उजुरी भने मंगलबार परेको थियो । घटनास्थल भनिएको एयरपोर्टस्थित ‘काठमाडौं इन’ होटल बाट पनि प्रहरीले क्लोज सर्किट (सिसी) क्यामराका दृश्य संकलन गरेको छ । भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई सो होटलमा लगेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेस नोट मार्फत जानकारी दिएको छ । भदौ ६ मा १२ बजेर २५ मिनेटपछि आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको नाबालिगले जाहेरीमा उल्लेख गरेकी छन् ।
नाबालिग काठमाडौंका एक क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । स्न्यापच्याट र हवाट्एप माफर्त कुराकानी भएपछि नाबालिकलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् । ‘दिनभर नगरकोटमा घुमाए, त्यहाँको होटलमा बस्न बारम्बार दबाव दिएपनि मैले अस्वीकार गरेपछि काठमाडौं ल्याए’ प्रहरीमा दर्ता भएको जाहेरीमा भनिएको छ, ‘काठमाडौं आइपुग्दा मेरो होस्टल बन्द भैसकेको थियो, त्यसैले उनले होटलमा बस्न प्रस्ताव गरेका हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
-
सुनको मूल्य सामान्य बढ्यो
-
फिल्म ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्णदेखि सृष्टिसम्मको अभिनय
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
