सन्दीपले मागे क्यानको सहयोग
बिहीबार, २३ भदौ २०७९, १० : ४८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपको मुद्दामा कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका छन् । क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको बताए ।
‘सन्दीपले यो केसको सामना गर्न तयार भएको र कानुनी पाटोमा क्यानले सहयोग गरिदिन आग्रह गरेका छन्,’ मल्लले रातोपाटीसँगको कुराकानीमा भने । सन्दीप लामिछाने अहिले क्यारेबियन लिगका लागि वेस्ट इन्डिजमा छन् । उनीविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध १७ वर्षकी किशोरीले बलात्कारको मुद्दा दर्ता गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
-
पीयूष चावलाद्वारा व्यावसायिक क्रिकेटबाट संन्यास
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’
-
धनगढीको मुख्य सडक विस्तारमा बजेट अभाव
-
उपाधि जिताएको १६ दिनपछि पोस्टेकोग्लू बर्खास्त, को बन्ला नयाँ म्यानेजर ?