सन्दीपले मागे क्यानको सहयोग
बिहीबार, २३ भदौ २०७९, १० : ४८
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपको मुद्दामा कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका छन् । क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको बताए ।
‘सन्दीपले यो केसको सामना गर्न तयार भएको र कानुनी पाटोमा क्यानले सहयोग गरिदिन आग्रह गरेका छन्,’ मल्लले रातोपाटीसँगको कुराकानीमा भने । सन्दीप लामिछाने अहिले क्यारेबियन लिगका लागि वेस्ट इन्डिजमा छन् । उनीविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध १७ वर्षकी किशोरीले बलात्कारको मुद्दा दर्ता गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा साहसिक पर्यटनको आकर्षण : भारतीय र बङ्गलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा कडा
-
रुसी आक्रमणमा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कतारका पूर्वराजाको निधन
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण