रातोपाटी ब्रिफिङ : डेंगुका बिरामीले अस्पतालहरू भरिए, प्राधिकरणले राख्यो चार्जिङ स्टेसन
![रातोपाटी ब्रिफिङ : डेंगुका बिरामीले अस्पतालहरू भरिए, प्राधिकरणले राख्यो चार्जिङ स्टेसन](https://rpcdn.ratopati.com/media/albums/Dengue-lab-tests_mnvEZ9Eo9p.jpg)
आज २०७९ साउन भदौ १४ गते मंगलबारबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
डेंगुका बिरामीले अस्पतालहरू भरिए
डेंगुका बिरामी बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा डेंगु बिरामीको चाप बढ्न थालेको छ । वीर अस्पतालमा मात्रै दैनिक डेंगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । पछिल्ला केही दिनयता साढे दुई सयदेखि तीन जनासम्म ज्वरोका बिरामी अस्पताल पुग्ने गर्छन् । जसमध्ये आधा जसोमा डेंगु पुष्टि हुने गरेको डा. शैलेन्द्र श्रेष्ठ बताउँछन् । डेंगु पुष्टि भएकामध्ये २५ प्रतिशत अस्पताल भर्ना हुने गर्छन् ।
टी-ट्वान्टी सिरिज नेपाललाई
घरेलु टोली केन्याविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।
एउटैलाई अवसर
कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले समानुपातिक सांसद नबस्ने उद्घोष गरिन् । पहिलो संविधान सभा २०७४ सालमा समानुपातिक सांसदमा बसेकी केसी दोस्रो संविधान सभा चुनावमा प्रत्यक्ष वा समानुपातिक कतै बसिनन् । २०७४ सालको चुनावमा रुकुमबाट प्रदेश सभामा चुनाव लड्ने तयारी गरेकी थिइन् । तर, पार्टीका नेता व्यवस्थापन गर्नुपर्ने भन्दै केसीलाई प्रदेशमा एक नम्बर समानुपातिक लिस्टमा राखेर प्रत्यक्षमा रातो कामी र गोपाल शर्मालाई चुनावमा लडाइयो ।
ओखलढुंगाको चुनावी चर्चा
प्रतिनिधिसभा अन्तर्गत झापाको क्षेत्र नम्बर १ बाट यसअघि विजयी बनेका नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र कुमार कार्की अर्थात् राम कार्की (पार्थ) यस पटक ओखलढुंगाबाट चुनाव लड्ने चर्चा चुलिएको छ । कार्कीले जितेको झापाको निर्वाचन क्षेत्र १ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पनि क्षेत्र हो । सत्ता गठबन्धनमा सिट बाँडफाँटको तयारी भइरहँदा कार्की र शर्मामध्ये एक जनाले उक्त क्षेत्र छोड्नुपर्ने दबाब छ ।
प्रदेशसभा छाडेर संघमा जान इच्छुक यी नेता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरूबाट प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ को को उम्मेदवार बन्ने भन्ने चर्चा सुरु भएको छ । यस क्रममा प्रदेशसभामा रहेका केहीले प्रतिनिधिसभामा जाने इच्छा राखेका छन् ।
चटौत समितिको प्रतिवेदन
गत साउन १७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले एक समिति गठन गरिन् । जलविद्युत आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमति पत्र/निर्देशिका तथा विद्युत् खरिद विक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन दिन समिति गठन गरिएको थियो ।
कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रिपरिषद बैठकका निर्णय
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताए ।
प्राधिकरणले राख्यो चार्जिङ स्टेसन
नेपाल बिद्युत प्राधिकरणले एउटा चार्जिङ स्टेसन सन्चालनमा ल्याएको छ। मंगलबार प्राधिकरण प्राङ्गणमा बनाइएको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा आएको हो ।
तीजको रौनक
हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाएका छन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ । भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरूमा नाचगान गरी यो पर्व मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विगारेका करिडोर सडक सुधारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस
-
प्रतिबन्ध खेपिरहेका बेन्टनकुरले म्यानयु र लिभरपुलविरुद्धको खेल पनि गुमाउने
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर