प्रधानमन्त्रीले काँग्रेसका जनप्रतिनिधिलाई रात्रिभोज दिँदै
सोमबार, ३० साउन २०७९, १४ : २९

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमका लागि देशभरबाट आएका पार्टीका जनप्रतिनिधिलाई सोमबार रात्रिभोज दिने भएका छन् ।
उनले सोमबार राति ललितपुरको हेरिटेज गार्डेनमा रात्रिभोज दिन लागेका हुन् । हेरिटेजमै काँग्रेसका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ । आफ्नै खर्चले काठमाडौं आउने र बसोबासको व्यवस्थापन मिलाएर आएका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले स्वागत गर्दै रात्रिभोज दिने कार्यक्रम रहेको काँग्रेस पार्टी कार्यालयले जनाएको छ।
जनप्रतिनिधिलाई सोमबार विषय विज्ञले प्रशिक्षण दिएका छन् भने मंगलबार महामन्त्रीद्वय र प्रवक्ताले प्रशिक्षण दिएपछि कार्यक्रम सम्पन्न हुनेछ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा