शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका जनप्रतिनिधिलाई देउवाको निर्देशन : गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिनुस्

सोमबार, ३० साउन २०७९, २१ : ००
सोमबार, ३० साउन २०७९

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन  छ । 

गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको उल्लेख गर्दै देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताए । ‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ’, सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा देउवाले भने, ‘स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको थियो । अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको छ । गठबन्धनलाई सँगै सँगै लिएर जानुछ । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् ।’

देउवाले पार्टीमा कसैलाई काखा र पाखा नगरिने स्पष्ट गर्दै  जनता देशको मालिक भएको सम्झिन जनप्रतिनिधिहरूलाई आग्रह गरे ।  ‘साथीहरूले जनताको दिल जित्नुपर्छ । गाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ’, उनले भने, ‘सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्नुस् । एमसीसीबारे व्यापक भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यसलाई चिर्ने गरी लागि पर्न पनि जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप