बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरका जनप्रतिनिधिका सुविधा काटिदिए हुन्छ : रिजाल

मङ्गलबार, २१ असार २०७९, २२ : ३८
मङ्गलबार, २१ असार २०७९

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा जनप्रतिनिधिको सुविधा कटौती गर्नुपर्ने प्रस्ताव आएको छ । महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले जनप्रतिनिधिको भत्तासहितका सुविधा कटौती गर्न प्रस्ताव गरेका हुन् । 
मंगलबारको कार्यपालिका बैठकमा उनले भने, ‘अघि यहाँ जनप्रतिनिधिका सेवाका कुरा उठे । हामी जनप्रतिनिधि लोकसेवा दिएर आएका होइनौँ । जनताको मन बचन पुरा गर्न गर्न सेवा गर्न आएका हौँ ।  जनप्रतिनिधिमा भएको सुविधा पनि काट्दिनका लागि र नलिगिदिनका लागि म साथीहरुलाई अनुरोध गर्छु ।’  उनले यस्तो प्रस्ताव गर्दा जनप्रतिनिधिहरुले समर्थनमा टेबल ठोकेका थिए । 

‘जुन साथीहरुले ब्याचलर गर्नुहुन्छ, डिग्री गर्नुहुन्छ लोकसेवा दिएर जागिर खान भनेर आउनुभएको छ।  हामीलाई दिने सुविधा उहाँहरुलाई दियो भने काममा निरन्तरता बढ्छ’, उनले थपे, ‘ती साथीहरुलाई दिनका लागि पनि म यो बोर्डलाई अनुरोध गर्दछु । हामी जनतालाई सेवा गर्न आएका हौँ ।’ 

जनप्रतिनिधिलाई दिने सुविधा कुनै विकासका काममा लगाउने हो भने राम्रो हुने पनि उनले बताए । जनप्रतिनिधिको भत्तामै महानगरको मासिक ५५ देखि ६० लाख रुपैयाँ खर्च हुने गरेको भन्दै उनले  त्यो कटौती गर्दा वर्षको ६ करोड बचत हुने आँकडा निकाले ।  उनले महानगरले सुविधाका रुपमा दिएका गाडीदेखि मोबाइलसम्म फिर्ता लगेपनि फरक नपर्ने समेत बताए । 

उनले जनप्रतिनिधिका लागि बनाइएका कतिपय कानुनी प्रावधान व्यवहारिक नभएको भन्दै त्यसको संशोधन गर्न जरुरी रहेको पनि बताए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप