शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इन्धनका लागि थप ३ कराेड ५० लाख रुपैयाँ रकमान्तर गर्दै काठमाडौं महानगर

मङ्गलबार, २१ असार २०७९, १६ : ५९
मङ्गलबार, २१ असार २०७९

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको विनियोजित बजेटबाट इन्धन व्यवस्थापन शीर्षकमा ३ करोेड ५० लाख रुपैयाँ रकमान्तर गर्ने भएको छ । महानगरपालिकाले आर्थिक वर्षका लागि सो शीर्षकमा १० करोेड रुपैयाँ विनियोजन गरेको थियो ।

तर, उक्त रकम चालु आर्थिक वर्षको चैत मसान्त अगावै सकिएपछि थप रकमको जोहो गर्नुपरेको पालिकाले जनाएको छ । मंगलबार बसेको महानगरपालिकाको बैठकले उक्त अपुग खर्च आन्तरिक भ्रमण खर्च शीर्षबाट रकमान्तर गरिने जनाएको छ । महानगरपालिकाले आर्थिक वर्षका लागि आन्तरिक भ्रमण शीर्षकमा छुट्याएको बजेटबाट खर्च हुन नसकेको करिब ३ कराेड ५० लाख इन्धन खर्चमा रकमान्तर गरिनेछ । 
महानगरको यस रकमान्तरको प्रस्ताव नगरसभाले पारित गरेको छ ।

यद्यपि, अहिलेको बढ्दो बजार मूल्य र खर्च मितव्ययितालाई ध्यानमा राख्दै अनावश्यक इन्धन खर्च कटौती गर्नुपर्ने नगरसभामा सवाल उठेको छ । यस्तो व्यवस्था कुल बजेटको २५ प्रतिशतसम्म रकमान्तर गर्नु परे नगर कार्यपालिका र सोभन्दा माथिको रकमान्तर गर्नुपरे नगरसभामार्फत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप