
काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत

नेवाः जागरण मञ्चले काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत गरेको छ । मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरिएको हो ।
‘काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा हामी विश्वास प्रकट गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ अभियान सञ्चालन गरेको छ, त्यसलाई हामी समर्थन गर्दछौँ र यसलाई कमजोर पार्ने कोणबाट आइरहेका अभिव्यक्तिहरूको हामी विरोध गर्दछौँ ।’
रोजगारीको अवसरको खोजीमा आएका जनताको लागि फुटपाथमा पसल थाप्नु सजिलो उपाय भएको भन्दै विज्ञप्तिमा यसको समाधान गरिनुपर्नेमा जोड दिइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ