मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१ करोड २७ लाखमा पुष्पलाल स्मृति पार्कमा महानगरले स्मार्ट शौचालयन बनाउने

मङ्गलबार, २१ असार २०७९, १७ : ३०
मङ्गलबार, २१ असार २०७९

काठमाडौं महानगरपालिकाले वडा नम्बर १८ स्थित पुष्पलाल स्मृति पार्कमा सुविधासम्पन्न स्मार्ट शौचालय बनाउने भएको छ । महानगरले सोही स्थानमा रहेको जीर्ण सार्वजनिक शौचालयलाई पुनःनिर्माण गर्दै स्मार्ट शौचालय बनाउने भएको हो । 
यसका लागि पूर्वमेयर विद्या सुन्दर शाक्यले एक करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, सो रकमले शौचालय निर्माण गर्न अपुग भएको भन्दै महानगरले थप २७ लाख रुपैयाँको व्यवस्था गर्ने भएको छ । 
मंगलबार बसेको नगरसभाको ५ औं बैठकले सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षकै बजेट मार्फत विभिन्न स्थानमा बन्ने सार्वजनिक शौचालयका लागि एकमुस्ट छुट्याइएको ५ करोड रूपैयाँबाट २७ लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय पनि गरेको छ । 
योसँगै पुष्पलाल स्मृति पार्कमा कुल १ करोड २७ लाखमा सुविधासम्पन्न स्मार्ट शौचालय बन्ने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप