सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अछाममा किशोर मृत्यु प्रकरण : शंकास्पद ५ जना पक्राउ

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा
बुधबार, २५ जेठ २०७९, १९ : ०१
बुधबार, २५ जेठ २०७९

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको शव उठाउन स्थानीय सहमत भएका छन् । जेठ २१ मा मृत फेला परेका कक्षा १० मा अध्ययनरत बिनोद शाहीको शव स्थानीयसँगको सहमतिपछि घटनास्थलबाट अस्पतालमा लगिएको छ ।

शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय अछामका एकजना अधिकृतले रातोपाटीलाई बताए । घटना अनुसन्धानमा परिचालित केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले शंकास्पद ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरत शाही, देवेन्द्र शाही, रामबहादुर शाही, मिलन शाही र महेन्द्र शाही छन् । किशोरको मृत्युबारे अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा छ । बिनोद पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका हुन् ।

जेठ २१ मा आक्रोशित समुहले ईलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका थिए । स्थानीयले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडी  तोडफोड गरेर पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी गरेका छन् । भिडलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

बल बहादुर शाहीको छोरा  १७ वर्षीय मृतक बिनोद बहादुर शाहीको मोबाइल शवभन्दा माथि मध्यपहाडी लोकमार्गमा भेटिएको छ । उनले लगाएको चप्पल र भिरमा अड्किएको अवस्थामा भेटिएको छ । जेठ १७ मा राति रिठा टोलबाट हराएका उनको परिवारले प्रहरीलाई जानकारी  गराएका छन् । मृतक एमाले निकट परिवारका हुन् । पिडित पक्षले काँग्रेस निकटहरुले हत्या गरेको आरोप लगाएर १८ जनाविरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । तर, प्रहरीले जाहेरी दर्ता गरेको छैन् । विनायक नगरपालिकाका मेयर अम्बिका चलाउने विरुद्धमा पनि किटानी जाहेरी आएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप