आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

अछामको पञ्चदेवल विनायक नगरपालिकामा किशोर मृत फेला परेपछि तनाव, प्रहरीले गोली चलायो

स्थानीयले प्रहरीलाई घटनास्थलमा जान दिएनन्
शनिबार, २१ जेठ २०७९, २१ : ०८
शनिबार, २१ जेठ २०७९

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । घर नजिकैको जंगलको भिरमा मृत भेटिएका १० कक्षामा अध्ययनरत विनोद शाहीको हत्या भएको आशंका गरिएको छ । तर, स्थानीयले प्रहरीलाई घटनास्थलमा जान दिएका छैनन् ।

अनुसन्धान गर्न घटनास्थलमा जान रोक लगाएर स्थानीयले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका छन् । आक्रोशित भिडले इलाका प्रहरी कार्यालयमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ८ राउण्ड गोली चलाइएको अछामका डिएसपी रविराज थपलियाले रातोपाटीलाई बताए ।

जेठ १७ मा ३ वटा मोटरसाइकलमा आएका ९ जनाले पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा दुईजनालाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा संलग्न मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । सो घटनाका आरोपीलाई पक्राउ गर्दा प्रहरीले महिलालाई अपमानजनक व्यवहार गरेको आरोप लगाएर स्थानीयले विरोध गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप