अछाममा किशोर मृत्यु प्रकरण : बाजुरा र डोटीबाट थप प्रहरी परिचालन
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । मृत भेटिएका विनोद शाहीको हत्या भएको भन्दै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका छन् ।
आक्रोशित समूहले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडीमा ढुंगामुढा गरेर तोडफोड गरेको अछामका डिएसपी रविराज थपलियाले रातोपाटीलाई बताए । भिडलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।
१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ बस्ने बलबहादुर शाहीको छोरा १७ वर्षीय बिनोदबहादुर शाही शनिबार बिहान १० बजेर २० मिनेटमा मृत भेटिएका हुन् । जेठ १७ मा राति रिठा टोलबाट हराएका उनको परिवारले प्रहरीलाई जानकारी गराएका छन् ।
करिब ३०० जनाको समूहले पञ्चदेवल विनायक नगरपालिकाको मुल ढोकामा ताला लगाएर प्रदर्शन गरेका छन् । विवाद बढेपछि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट इन्स्पेक्टर सन्दीप शाह नेतृत्वको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
परिवारले किशोर हराएकोबारे शनिवार बिहान जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दिएका थिए । शनिवार बिहानै पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका हुन् ।
किशोरको हत्या भएको आशंका गरिएको छ । तर, स्थानीयले प्रहरीलाई घटनास्थलमा जान दिएका छैनन् । स्थिति तनावग्रस्त बनेपछि बिदामा काठमाडौं आएका अछामका डीएसपी रविराज थपलिया जिल्ला फर्केका छन् । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएका इन्स्पेक्टर कैलाश विष्टलाई स्थानीयले शव हेर्न मात्रै दिएका छन् ।
घटनास्थलको सुरक्षामा पनि स्थानीयले अवरोध गरेका छन् । अछामस्थित इलाका प्रहरी कार्यालय कमल बजारका इन्स्पेक्टर भास्करबहादुर चन्द नेतृत्वको टिम पनि घटनास्थलमा परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कबड्डी लिग : विराटनगरद्वारा काठमाडौँ पराजित
-
बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु
-
पर्यटक बोलाउन पोखरामा गरियो माघमा दाइँ
-
विश्वविद्यालयमा भइरहेको तालाबन्दीप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
-
स्टाफ कलेजका लागि १३१ प्रहरी अधिकृत छनोट, फागुनमा प्रवेश परीक्षा
-
१० बजे १० समाचार : एमालेका नेताहरूमाथि धमाधम कारबाही, वामदेव गौतम एमालेमै फर्किने तयारीमा