बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा छैनन् : ओली

सोमबार, २६ वैशाख २०७९, १५ : २१
सोमबार, २६ वैशाख २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न पर्‍यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ’

गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत गरिरहेको आरोप लगाउँदै ओलीले शान्तिपूर्ण निर्वाचन गराउनका लागि निर्वाचन आयोग र प्रहरी प्रशासनसँग आग्रह गरे । ओलीले कार्यक्रममा पाँच दलीय गठबन्धन देशको कलङ्क भएको आरोप पनि लगाए । कार्यक्रममा गठबन्धनप्रति आक्रामक बन्दै ओलीले गठबन्धनको महानगर सभालाई वडा सम्मेलनसम्म तुलना गर्न पनि भ्याए । उनले कार्यकर्तालाई उत्साहित पार्दै चुनावमा विजयी गरिसकेको घोषणा गर्दै चुनावको दिनसम्म एमालेका उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा लाग्न आग्रह गरे ।

उनले गठबन्धनले चुनाव जित्न धाँधली गर्ने भन्दै चनाखो बन्न समेत कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष ओलीले पोखरामा बिताएको आफ्नो तीन वर्षे जेल अनुभवको बेलिबिस्तार लगाए । जेलमा बस्दा पोखरेलीहरूले माया गरेको बताउँदै उनले पोखरेलीहरूप्रति आभार व्यक्त गरे ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप