पार्टी प्रवेश गर्ने चाहानेलाई ओलीले गरेनन् स्वागत, मञ्चमाबाटै भने–प्रतिनिधि तोकेर जान्छु
सोमबार, २६ वैशाख २०७९, १५ : १४
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गर्न चाहानेहरुलाई स्वागत नगरीकनै काठमाडौं फर्किएका छन् । पोखरामा आयोजित आमसभाका बीच ओलीले विभिन्न पार्टी परित्याग गर्न चाहनेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको थियो ।
तर, समयअभावको कारण देखाउँदै ओली त्यसै काठमाडौं फर्किएका हुन् । ओलीले पोखरामा आमसभामा सम्बोधन सकेपछि आफ्नो प्लेन छुट्न लागेको तथा ललितपुर महानगरपालिकाको आमसभामा जसरी पनि पुग्नुपर्ने भएकाले पार्टी प्रवेश गर्न चाहनेहरुका लागि प्रतिनिधि तोकिदिएको बताए ।
पीएस गुरुङ, सोमनाथ अधिकारी प्यासीलगायतले आफ्नो प्रतिनिधिको रुपमा प्रवेश गर्न चाहनेहरुलाई स्वागत गर्ने ओलीले मञ्चबाटै उद्घोष गरे । उनले आफूले स्वागत गर्न नपाएकोमा बाध्यता बुझिदिन पनि आग्रह गरेका थिए । त्यसपछि ओलीले तोकेका प्रतिनिधिहरुले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु