औपचारिक रुपमा फुट्यो विप्लवको पार्टी, धर्मेन्द्रको नेतृत्वमा नेकपा बहुमत पार्टी जन्मियो
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो । चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको एक नेताले जानकारी दिए । महाधिवेशन आगामी फागुन १ गते हुनेगरी टुंगो लगाइएको एक नेताले जानकारी दिए ।
राष्ट्रिय भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेको छ भने वैज्ञानिक समाजवादी क्रान्ति भनेर नयाँ कार्यदिशा तय गरिएको छ । नयाँ पार्टीमा विप्लव समूहबाट छुट्टिएर २५ केन्द्रीय सदस्य आफूहरुतिर आएको बास्तोला समूहको दाबी छ ।
चुनावमा जाने विषयमा दुई पक्षबीच चलेको अन्तरसंघर्ष उग्र बन्दै विभाजनसम्म पुगेको हो । विप्लव चुनावमा जाने पक्षमा थिए भने बास्तोलासहित हेमन्तप्रकाश ओलीलगायत चुनावको विपक्षमा थिए । बहुमत केन्द्रीय सदस्य चुनावको विपक्षमा हुँदा कपिलवस्तुमा भएको नेकपाको केन्द्रीय समिति बैठकले चुनावमा जानेबारे ढुलमुले नीति लिएको थियो । अर्थात एमसीसीको विपक्षमा रहेकालाई सघाउने तथा स्वतन्त्ररुपमा उम्मेदवारी दिने नीति पारित भएको थियो । पछि पार्टीका प्रकाण्ड समूहले पार्टी नै दर्ता गरेर चुनावमा जान खोजेपछि विवाद चुलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



