शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विप्लवले गरे चलाउने र लोहनीलाई पार्टीबाट निलम्बन

बिहीबार, २२ वैशाख २०७९, ०९ : १४
बिहीबार, २२ वैशाख २०७९

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् । नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको जानकारी दिए ।

 

यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । स्थानीय चुनावको नीतिका सन्दर्भमा नेकपामा अन्तरविरोध चर्किएको छ । यता
बुधबार बसेको बास्तोला र ओली पक्षको बैठकले पनि महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाही गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप