अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् ।
नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्षणमा प्रशिक्षकसँग खटपट हुँदा १२ जना खेलाडी राति नै होस्टेल छोडेर गएका थिए । त्यसपछि खेलाडीहरू बन्द प्रशिक्षणमा नआउँदा प्रशिक्षक अल्मुताइरीले त्रिभुवन आर्मी क्लबका पाँच जना खेलाडीसहित १४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।
अल्मुताइरीले एन्फालाई मंगलबार १४ जना नयाँ खेलाडीको नाम दिएको र एन्फाले त्यसलाई स्वीकृत गरेको एन्फाका सहसचिव इन्द्रमान तुलाधरले रोतोपाटीलाई बताए । तर, एन्फाले १४ जना नयाँ खेलाडीको नाम खुलाएको छैन । यता एन्फाले कतै जानकारी पनि गरेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


