शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीहरूसँगको विवादको विषयमा अल्मुताइरीले विज्ञप्ति निकाल्ने

बिहीबार, १५ वैशाख २०७९, १० : ५७
बिहीबार, १५ वैशाख २०७९

रोहित चन्द लगायतका खेलाडीहरूसँगको विवादको विषयमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विज्ञप्ति जारी गर्ने भएका छन् । होस्टेल र होटलमा बस्ने विषयमा खेलाडीसँग प्रशिक्षक रिसाउँदा ९ खेलाडी विद्रोहमा उत्रेका हुन् ।
यसै विषयलाई लिएर ९ जना खेलाडी प्रशिक्षणमा सहभागि भएनन् । यस विषयमा अहिले खेलाडीहरूले बोल्न मानेका छैनन् ।

‘अहिले हामीले नबोल्ने भनेका छौं । प्रशिक्षकले विज्ञप्ति निकाल्ने भन्ने कुरा छ । त्यसपछि मात्र हामी आधिकारिक रुपमा धारण राख्नेछौँ’ प्रशिक्षणबाट बाहिरिएका एक खेलाडीले रातोपाटीलाई भने ।

यता अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि सबै खेलाडीसँग छलफल गर्ने भएका छन् । ‘सबै खेलाडीसँग बसेर छलफल गर्ने योजना बनाएका छौं । तत्काल समस्या समाधन हुनेछ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप