खेलाडीहरूसँगको विवादको विषयमा अल्मुताइरीले विज्ञप्ति निकाल्ने
बिहीबार, १५ वैशाख २०७९, १० : ५७
रोहित चन्द लगायतका खेलाडीहरूसँगको विवादको विषयमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विज्ञप्ति जारी गर्ने भएका छन् । होस्टेल र होटलमा बस्ने विषयमा खेलाडीसँग प्रशिक्षक रिसाउँदा ९ खेलाडी विद्रोहमा उत्रेका हुन् ।
यसै विषयलाई लिएर ९ जना खेलाडी प्रशिक्षणमा सहभागि भएनन् । यस विषयमा अहिले खेलाडीहरूले बोल्न मानेका छैनन् ।
‘अहिले हामीले नबोल्ने भनेका छौं । प्रशिक्षकले विज्ञप्ति निकाल्ने भन्ने कुरा छ । त्यसपछि मात्र हामी आधिकारिक रुपमा धारण राख्नेछौँ’ प्रशिक्षणबाट बाहिरिएका एक खेलाडीले रातोपाटीलाई भने ।
यता अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि सबै खेलाडीसँग छलफल गर्ने भएका छन् । ‘सबै खेलाडीसँग बसेर छलफल गर्ने योजना बनाएका छौं । तत्काल समस्या समाधन हुनेछ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण