प्रशिक्षकको विपक्षमा उभिए फुटबलका कप्तान, सार्वजनिक रुपमा पोखे असन्तुष्टि
नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति नेपाली फुटबल टोलीका कप्तानले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् । कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन् ।
राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत भएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले आफू खेलाडीको पक्षमा रहेको स्पष्ट गरेका छन् ।
‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन’, उनले भने,‘ टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केही खेलाडी विवादकै कारण अनुपस्थित भएका थिए । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित भएका हुन् ।
होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण