शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटार बैठक : महानगर र उपमहानगरमा गठबन्धन दलहरुबीच यस्तो छ दाबी

आइतबार, ०४ वैशाख २०७९, २३ : १०
आइतबार, ०४ वैशाख २०७९

सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चुनावी तयारी समितिको बैठकमा सत्तारुढ दलका नेताहरुले महानगर र उपमहानगरको प्रमुखमा दाबी गरेका हुन्। 

नेपाली काँग्रेसले काठमाडौँ, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा दाबी गरेको ती नेताले बताए।

यस्तै ११ उपमहानगरपालिकामध्ये काँग्रेसले बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही, धनगढी, हेटौँडा लगायतमा दाबी गरेको छ।  यस्तै माओवादी केन्द्रले घोराही, जितपुर सिमरा, हेटौडा र धरान उपमहानगरपालिकामा दाबी गरेको छ। 

एकीकृत समाजवादीले तुलसीपुर, हेटौँडा र इटहरी उपमहानगरपालिका मात्रै दाबी गरेको छ । जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै दाबी गरेको छ । ‘आजको बैठकमा गठबन्धनमा सहभागी दलहरुले आ–आफ्नो दाबी राख्नुभयो। कुनै निर्णय भएको छैन,’ बैठकमा सहभागी ती नेताले भने, ‘भोलि बस्ने चुनावी तयारी समितिको बैठकले सहमतl गरेर निर्णय गर्ने छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप