आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले माग्यो भरतपुर

आइतबार, ०४ वैशाख २०७९, १८ : ५६
आइतबार, ०४ वैशाख २०७९

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका दाबी गरेको छ। आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चुनावी तयारी समिति बैठकमा भरतपुर महानरपालिका दाबी गरेको एक नेताले बताए।

यसअघि भरतपुर महानगरपालिका माओवादीले नै जितेकाले पुनः भरतपुर नै दाबी गर्ने माओवादीका नेताहरुले राखेका छन्। जुन स्थानीय तहमा जसले जितेको छ उसैलाई नै भागबण्डामा पारेमा सहज हुने भन्दै माओवादीले भरतपुर नछोड्ने बताएको हो। भरतपुर मेयरमा हाल रेणु दाहाल छिन्।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप