शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले माग्यो विरगञ्ज महानगर र नेपालगञ्ज उपमहानगर

आइतबार, ०४ वैशाख २०७९, १९ : ०३
आइतबार, ०४ वैशाख २०७९

जनता समाजवादी पार्टीले विरगञ्ज महानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका दाबी गरेको छ। सत्ता गठबन्धनको बैठकमा जसपाले एक महानगर र एक उपमहानगर मात्रै दाबी गरेको हो। 

यसअघि निर्वाचनमा विरगञ्ज महानगरपालिका जसपाले नै जितेको थियो। तर, जसपाबाट विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरी सकेका छन्।

यद्यपी जसपाले विरगञ्ज महानगरपालिका आफूहरुले जित्ने भन्दै बैठकमा दाबी गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका राप्रपाले जितेको थियो। यद्यपी जसपाको संगठन बलियो भएकाले नेपालगञ्ज उपमहानगरपालिका दाबी गरेको हो।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप