बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवार छान्न एमालेले बनायो ६ वटा मापदण्ड, वैशाख ९ गते घोषणपत्र जारी गर्ने

सोमबार, ०७ चैत २०७८, २१ : २७
सोमबार, ०७ चैत २०७८

नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड तय गरेको छ ।  सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवारका लागि ६ वटा मापदण्ड तय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

नेता गुरुङका अनुसार ती मापदण्डहरुमा जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाउने भएको छ । त्यस्तै लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । 

पार्टी आन्दोलनमा पुर्याएको योगदान, निष्ठा र समावेशी सन्तुलनलाई पनि आधार बनाएर उम्मेदवार छनोटको मापदण्ड तय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।  बैठकले बैठकले वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने निर्णय गरेको छ । त्यस्तै महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ । 

साथै एमालेले आगामी वैशाख नौ गते पार्टी केन्द्रले घोषणापत्र जारी गर्ने र सोही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने पनि पोलिटब्युरो बैठकले निर्णय गरेको छ । त्यस्तै स्थानीय तहको निर्वाचनमा आफ्नो विभागीय काममा असर नगर्ने गरी केन्द्रीय कमिटी सदस्य निर्वाचनमा खटिने, पार्टीको क्यालेन्डर बनाउने, जेष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय पनि एमालेले गरेको छ ।  अगामी चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले सचिवालयले गरेका निर्णयको अनुमोदन गर्नेछ ।

 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप