निर्वाचन सार्ने कलात्मक षडयन्त्र भइरहेको छ : केपी ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा प्रकट भएका लक्षणहरु स्वस्थ नभएको टिप्पणी गरेका छन् । सोमबार पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान स्वस्थकर नभएको बताएका हुन् ।
उनले आयोगले पछिल्ला निर्णयहरु गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श नगरेकोमा आपत्ति समेत जनाए । उनले भने, ‘यो लक्षण उही भरतपुर र सिराहा प्रकरण जस्तो हुने देखिएको छ, यस्तो नहोस भन्ने म आग्रह गर्न चाहान्छु ।’
‘जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त गर्ने प्रचलन हुन्छ कि हुँदैन ? प्रचलन हेर्ने हो भने रिक्त राख्न मिल्दैन । प्रदेश र केन्द्रको निर्वाचन हुँदा सरकार कायम हुने तर स्थानीय तहमा मात्रै रिक्त किन ?’ओलीको प्रश्न छ । उनले स्थानीय तहमा गठबन्धनको बर्चस्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरेपनि त्यसको कुनै औचित्य पुष्टि नहुने दावी गरे ।
‘गठबन्धनसँग परामर्श हुने तर गठबन्धन बाहेकका दलसँग परामर्श नगर्ने तरिका ठिक भएन’, ओलीको भनाइ छ । उनले अझैपनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको दावी समेत गरे । ‘अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ’, ओलीले भने, ‘दुई जना आयुक्तले मात्रै निर्वाचन सम्भव हुदैन भन्दिनुपर्‍यो भन्नेसम्मका कुरा भइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?
-
एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक, 'ए' श्रेणीमा ५ खेलाडी (सूचीसहित)
-
नेपाल अरनिको यातायात सेवा प्रा.ली.समक्ष ८ बुँदे माग प्रस्तुत
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण