मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बाम गठबन्धन र पार्टी एकता गर्न भुसालको प्रस्ताव

सोमबार, ०७ चैत २०७८, १५ : २८
सोमबार, ०७ चैत २०७८

नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीको एकता गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार बसेको एमाले पोलिटब्युरो बैठकमा नेता भुसालले यस्तो प्रस्ताव राखेका एक पोलिटब्युरो सदस्यले जानकारी दिए । 

‘नेकपा एमाले वाम एकताको मुल प्रवाह भएकाले र नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नभएकाले आगामी निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न कम्युनिस्ट पार्टीको एकता गठबन्धन अहिलेको आवश्यक्ता छ’, भुसालले बैठकमा राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘कम्युनिस्ट पार्टीका अत्याधिक बहुसंख्यक सदस्य र कार्यकर्ताले कम्युनिस्ट पार्टीको एकता चाहेका छन्,त्यसैले कम्युनिस्ट एकता गठबन्धन गर्न आवस्यक छ ।’

यसअघि नेता भुसालले वाम एकता अहिलेको आवश्यक्ता भन्दै बहस चलाएका थिए । उक्त बहसप्रति अध्यक्ष ओलीले कटाक्ष गर्दै माधव नेपाल र प्रचण्डसँग एकता असम्भव रहेको जवाफ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप