उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्दै
स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्युरो बैठक काठमाडौँमा बस्दैछ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलस्थित कार्की बैंक्वेटमा ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।
गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक बस्ने निधो गरेको थियो । स्थायी कमिटीको बैठक भने चैत १३ गते बस्नेछ ।
एमाले सचिवालय बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवार पार्टीको वडा कमिटीबाट सिफारिस गरी जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने तथा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिश जिल्ला र प्रदेश कमिटीले गरेपछि निर्णय केन्द्रले गर्नेगरी एमाले सचिवालयले प्रस्ताव गरेको थियो ।
सो प्रस्ताव पोलिटब्युरोमा छलफलपछि केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने एमालेको तयारी छ । एमाले पोलिटब्युरो कमिटीमा केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण