उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्दै

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्युरो बैठक काठमाडौँमा बस्दैछ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलस्थित कार्की बैंक्वेटमा ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।
गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक बस्ने निधो गरेको थियो । स्थायी कमिटीको बैठक भने चैत १३ गते बस्नेछ ।
एमाले सचिवालय बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवार पार्टीको वडा कमिटीबाट सिफारिस गरी जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने तथा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिश जिल्ला र प्रदेश कमिटीले गरेपछि निर्णय केन्द्रले गर्नेगरी एमाले सचिवालयले प्रस्ताव गरेको थियो ।
सो प्रस्ताव पोलिटब्युरोमा छलफलपछि केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने एमालेको तयारी छ । एमाले पोलिटब्युरो कमिटीमा केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो