शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

हिजाब प्रतिबन्ध : अनुमति नपाएसम्म कलेज नजाने उजुरीकर्ता छात्राको घोषणा

मङ्गलबार, ०१ चैत २०७८, १६ : ४३
मङ्गलबार, ०१ चैत २०७८

हिजाब प्रतिबन्धविरुद्ध दर्ता गरिएको याचिका खारेज गर्ने कर्नाटक उच्च न्यायालयको निर्णयमा उजुरीकर्ता छात्राले असहमती जनाएका छन् ।

यसको विषयमा उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । ती विद्यार्थीले आफ्नो धर्ममा हिजाब एक आवश्यक हिस्सा भएको बताउँदै उक्त निर्णयसँग आफूहरु सहमत नभएको बताएका छन् । उनीहरुले हिजाब लगाउने अनुमति नपाएसम्म कलेज नै नजाने घोषणा पनि गरेका छन् ।

उच्च अदालतको निर्णयमाथि असहमति जनाउँदै आफूहरुलाई आफ्नो मूलभूत अधिकारबाट वञ्चित गरिएको पनि बताएका छन् ।

 


एक उजुरीकर्ता विद्यार्थीले सबै विद्यार्थी उनीहरुका कानुनी सल्लाहकारले यसविरुद्ध सर्वोच्च अदालतमा जाने कि नजाने भनेर निर्णय गर्ने जानकारी दिएकी छिन् ।

उनले आफूलाई न्याय व्यवस्थामा पूर्ण विश्वास भएको तर आजको निर्णयले आफूहरुलाई छल गरेको महसुस भइरहेको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप