कर्नाटक हिजाब विवाद : आज सुनुवाइ, एक मुसलमान महिला न्यायाधीश पनि बेन्चमा
कर्नाटकको कलेजका छात्राहरुलाई हिजाबमाथि लगाइएको प्रतिवन्धको विरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुने भएको छ । सुनुवाई कर्नाटकको उच्च अदालतमा तीन जना न्यायाधीशको बेन्च बस्ने जनाइएको छ ।
कर्नाटक उच्च अदालतका प्रधानन्यायाधीश रितु राज अवस्थीले उक्त बेन्चमा एक मुसलमान महिलालाई पनि समावेश गरेका छन् । उक्त मुस्लिम न्यायाधीश जयबुनिसा मोहिउद्दिन खाजीइस हुन् । उनी पनि बेन्चकी सदस्य हुन् । उनलाई जिल्ला अदालतको प्रमुख न्यायाधीशबाट उच्च अदालतमा ल्याइएको थियो । बिहीबार स्थानीय समयअनुसार २ः३० मा यस विषयमा सुनुवाई सुरु हुनेछ । यो बेन्चको अध्यक्षता प्रधानन्यायाधीश स्वयंले गर्नेछन् ।
अर्को सदस्यमा न्यायमूर्ति कृष्ण दीक्षित छन् । उनी तीन दशकदेखि हिजाबको विषयमा सुनुवाई गर्दै उच्च अदालतसम्म पठाउने फैसला गर्ने न्यायाधीश हुन् । यो विषयमा संवैधानिक सवाल र व्यक्तिगत कानुन दुवै समावेश छ ।
केही महिनाअगाडि कर्नाटकको उडुपीस्थित एक कलेजमा मुश्लिम छात्राहरुलाई हिजाब लगाएर कलेज प्रवेश गर्न प्रतिवन्ध लगाइएको थियो । छात्राले उक्त फैसलाको विरोध गरेका थिए । उक्त विरोध कार्यक्रम जिल्लाभर फैलिरहेको छ । विरोध प्रदर्शनपछि मंगलबार तीन दिनसम्म सबै कलेजहरु बन्द गर्न आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दसैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुन्छ : व्यवसायी
-
पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर राहत वितरण
-
जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ, च्याङ्ग्राको कति ?
-
११ करोड बढीको सुनसहित हेटौँडाबाट २ जना पक्राउ
-
काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना
-
ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता