मोरङको उखुबारीभित्र खाल्डोमा पुरेको दुवै शवको पहिचान खुल्यो

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ । माघ १३ मा खाल्डोबाट उत्खनन गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङका एसपी जनार्दन जिसीले रातोपाटीलाई बताए ।
चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । उनी काठमाडौंको क्षेत्रपाटी बस्थे । माघ १४ मा अर्को खाल्डोमा भेटिएका सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्र कुमार श्रेष्ठसँगै उनी काठमाडौंबाट मोरङ गएका थिए । उनीहरु दुवैजना जग्गा कारोबार र ठेक्कापट्टा गर्थे । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् ।
४९ वर्षका राजेन्द्र कुमार श्रेष्ठ र चौधरी काठमाडौंबाट एक महिनाअघि सँगै बिराटनगर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उखुबारीमा चौधरीको शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर फेला परेका राजेन्द्र कुमार श्रेष्ठको शव भेटिएको थियो ।
श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । ‘उहाँ एक महिनाअघि भक्तपुरबाट हिँडेको थाहा भएको छ’ मोरङका एसपी जनार्दन जिसीले रातोपाटीसँग भने–‘परिवारसँग एक महिना अघि देखी सम्पर्क भएको देखिँदैन् ।’ राजेन्द्र कुमार श्रेष्ठ बेला–बेला हराइरहन्थे, ८–१० दिनमा घर जान्थे । ‘दुईचार दिन आउँदिन’ भनेर हिँड्ने बानि भएको हुनाले परिवारले पनि लामो समय सम्पर्क नहुँदा चासो गरेनन् ।
उनीहरुको हत्या विराटनगरमै भयो अथवा अरु जिल्लामा हत्या गरेर त्यहाँ ल्याएर पुरिएको थियो भन्नेबारे खुल्न सकेको छैन् । ‘बिराटनगर र अन्यत्र जिल्लामा पनि हत्या गरिएको हुनसक्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीसँग भने । सँगै विराटनगर गएपछि उनीहरु त्यहाँ कहाँ कहाँ बसेका थिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्यामा काठमाडौंमा बस्नेहरु नै संलग्न रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड