शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको उखुबारीमा मृत भेटिएको शव अन्यत्र हत्या गरेर ल्याइएको प्रहरीको निष्कर्ष

शुक्रबार, १४ माघ २०७८, ०९ : ५८
शुक्रबार, १४ माघ २०७८

मोरङको धनपालथान गाउँपालिका–७ मास्थित उखुबारीमा फेला पारेका दुई शव अन्यत्र हत्यापछि उखुबारीमा ल्याएर गाडिएको प्रहरीले निष्कर्ष निकालेको छ । दुवै शवको घाँटीमा डोरीले बाँधेको डाम देखिएको तथा हात बाँधिएको अवस्थामा  खाडलभित्र शव भेटिएकोले उनीहरुको अन्यत्र हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने,‘दुवै शवको घटनाको प्रकृति हेर्दा घटनास्थल उखुबारी आसपासको क्षेत्र देखिदैन ।’ हत्यापछि उखुबारीमा ल्याएर शव व्यवस्थापन गरेको देखिन्छ । दुवै शव गाडिएको खाल्डोको प्रकृति र शव राख्ने तरिका एउटै छ । 

प्रहरीले अनुसार दुवै शवको हत्या समय एक हप्ता अघिपछि गरिएको शवको प्रकृति हर्दा देखिएको बताए । रङ्गेली–विराटनगर सडकको रामचोक खण्डको दक्षिणमा पर्ने कमलपुर र हनुमान चोकको बीचमा रहेको उखु खेतमा शव फेला परेको थियो । उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा बुधबार र बिहीबार दुई व्यक्तिको शव प्रहरीले निकालेको थियो ।

खाल्डोभित्र शव घुँडा टेकाएर राखेको अवस्थामा थियो । बिहीबार निकालिएको शव भने प्लास्टिकमा बेरिएको अवस्थामा थियो । शवको खाल्डोको माटो दबेको थियो । उखु काट्नेक्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएपछि पुगेको प्रहरीले बुधबार एउटा खाल्डोबाट अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला फेला पारेको थियो । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन । शव भेटिएको स्थानबाट करिब ३० मिटरमा अर्को खाल्डो फेला पारिएको थियो, जहाँ कपडा र कपाल थियो ।
बिहिबार खाल्डो उत्खननपछि निकालिएकोे शव भने धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

उनका अनुसार शवको साथमा भेटिएको कागजातबाट पहिचान खुलेको हो । मृतक श्रेष्ठ जग्गा कारोबारी  भएको बताइएको छ। धरान घर भएपनि उनी भक्तपुरमा बस्दै आएका थिए । घरबाट गत मङ्सिर ४ मा काठमाण्डौबाट पूर्व आएपछि उनी सम्पर्कविहीन भएको परिवारले बताएको छ । प्रहरीले ट्र्याकर डग (तालिमप्राप्त कुकुर)को परिचालन गरी घटनाको अनुसन्धान गरेको छ। गाडिएको अबस्थामा फेला परेको दुबै शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ । 

प्रहरी उपरीक्षक जिसीले हत्याको अनुसन्धानका लागि भिसेरा टेष्ट गर्ने लगायतका कार्य शुरु गरेपनि शब सडिसकेकाले केही कठिनाई हुन सक्ने देखिएको छ । उपरीक्षक जिसीले प्रहरी हत्या​को निष्कर्षमा पुगेकाले घटनाको शुक्ष्म रूपमा अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप