मोरङको उखुबारीमा मृत भेटिएका राजेन्द्र १ महिनादेखि परिवारको सम्पर्कमा थिएनन्
मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा बिहीबार सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको शव भेटियो । ४९ वर्षीय श्रेष्ठको शव खाल्डोमा पुरेको अवस्थामा प्रहरीले उत्खनन गरेको छ ।
सो ठाउँमा बुधवार पनि पुरुषको शव उत्खनन गरिएको थियो । पहिलो शवको पहिचान अझै खुलेको छैन् । पहिलो शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर फेला परेका राजेन्द्रकुमार श्रेष्ठ एक महिनादेखि परिवारको सम्पर्कमा थिएनन् ।
भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्ने श्रेष्ठ जग्गाको काम गर्थे । ‘उहाँ एक महिनाअघि भक्तपुरबाट हिँडेको थाहा भएको छ’ मोरङका एसपी जनार्दन जिसीले रातोपाटीसँग भने–‘परिवारसँग एक महिना अघिदेखि सम्पर्क भएको देखिँदैन ।’
भक्तपुरको लोकन्थलीमा बस्ने उनका परिवार ‘शव भेटिएको’ खबरले विक्षिप्त भएका छन् । परिवारका सदस्य मोरङमा पुगेका छन् तर, उनीहरुसँग सोधपुछ गर्ने अवस्था नभएको एसपी जिसीले बताए । उनले भने–‘परिवारका सदस्य बोल्न सक्ने अवस्थामा हुनुहुन्न ।’
राजेन्द्रकुमार श्रेष्ठ बेला–बेला हराइरहन्थे, ८–१० दिनमा घर जान्थे । ‘दुईचार दिन आउँदिन’ भनेर हिँड्ने बानी भएको हुनाले परिवारले पनि लामो समय सम्पर्क नहुँदा चासो गरेनन् । बुधवार भेटिएको शव पहिचान हुन नसकेको तर, पहिचान नजिक पुगेको एसपी जिसीको भनाइ छ । दुवैजनाको शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण